Navigation
News & Events

Tamang Adhyayan Pratisthan Inauguration Program

Apr 9, 2024

तामाङ अध्ययन प्रतिष्ठान स्थापना दिवस कार्यक्रम सम्पन्न

तामाङ अध्ययन प्रतिष्ठानद्धारा ताम्वालाई सम्मान । हरेक बर्ष फेलोसिप दिनेलगायतका कार्यक्रम

शुक्रवार तामाङ अध्ययन प्रतिष्ठान स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाल र तामाङ समाजबारे ज्ञान उत्पादन र प्रसार गरि सामाजिक न्याय र अन्तर-सांस्कृतिक एकताको निम्ति ज्ञान आदानप्रदान गर्ने थलोको रूपमा काम गर्ने उद्देश्यले डा. मुक्तसिंह लामा तामाङको नेतृत्वमा स्थापना भएको तामाङ अध्ययन प्रतिष्ठानको स्थापना दिवसमा उपस्थिति हुनुभई कार्यक्रमलाई सफल बनाउन योगदान गर्नुहुने यहाँ सम्पूर्णमा हार्दिक धन्यवाद ।

तामाङ अध्ययन प्रतिष्ठानको स्थापना दिवसको अवसरमा तम्बा सङ्घ नेपालका अध्यक्ष धावावाङ्गेल मोक्तान तामाङ प्रज्ञा सम्मान २०८० पुरस्कारबाट सम्मानित भएको छ । मोक्तानले विगत २५ वर्षदेखी अनवरत रूपमा तामाङ मौलिक ताम्बा ज्ञान प्रणाली र अभ्यासको अनुसन्धान, लेखन तथा प्रवर्धनमा संलग्न रहि तामाङ राषट्रको सांस्कृतिक सम्पदाको संस्थागत विकास तथा संरक्षण र तम्बाला कइरन पुस्तक मार्फत समाजमा पुर्याएको योगदानको सम्मान गर्दै तामाङ प्रज्ञा सम्मान २०८० प्रदान गरेका हुन ।

ताम्बा कलाकार धावा वाङ्गेल मोक्तान ज्यु "तामाङ प्रज्ञा -२०८०" बाट सम्मानित हुनुभएकोमा धेरै हार्दिक बधाई

News Courtesy: Indigenous television https://www.youtube.com/watch?v=L90RWIFMAYM

Post Comments